लागुऔषध नियन्त्रण ब्यूरोले बिहीबार अहिलेसम्मकै सबैभन्दा धेरै परिणाम ४९ किलो सेतो हिरोइनसहित सात जना विदेशी नागरिक पक्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरु दक्षिण अफ्रिकाबाट आएको प्रहरीले जनाएको छ । उनीहरुले दुबई र कतारको दोहालाई ट्रान्जिट बनाएर नेपाल आएका थिए ।
बिहीबार पत्रकार सम्मेलन गरेर ब्यूरोले अन्तर्राष्ट्रिय बजार मूल्य एक अर्ब बराबरको हिरोइन बरामद भएको जानकारी दिएको हो । यही पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख जीवनकुमार श्रेष्ठले यी सातै जना दक्षिण अफ्रिकी नागरिक भएको जनाएका छन् ।
ब्युरोले सार्वजनिक गरेको नामहरूमा सिबिसी थान्डेकिले, मुरिएल केदुकवाजी थेम्बेनी न्साम्बा, त्साबाला खान्यिसिल इभोन्ने, रोसिन्हा नोन्केल तान्त्जो, महलाको मौरीन माथिबा, मोरोएसी सुजना कोफ र मार्लिज बोडेनहोस्ट रहेका छन् ।
यसबारे भिडियो हेर्नुहोस्ः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।