निःशुल्क शिविरमा बिरामी जाँच्दै शेखर कोइराला
फरकधार / ३ असार, २०७९

मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविर नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा सञ्चालन गरिएको हो । 



शिविरमा नोबेलका डाक्टरहरूसँगै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि बिरामीको चेकजाच गरेका छन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको भन्दै शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए । शिविरमा १ हजार १३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ ।   





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ७:१५:४७,   अन्तिम अपडेट : असार ३, २०७९ शुक्रबार ७:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया