ताप्लेजुङको खेवाङमा पहिरोमा पुरिएर सासू-बुहारी बेपत्ता
फाइल तस्बिर

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासू र बुहारी बेपत्ता भएका छन् । प्रहरीका अनुसार वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासू र यशोदा बुहारी हुन् ।  

यशोदाका श्रीमान् विष्णु अधिकारी भने त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिराले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशु चौपायासमेत पुरेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।   





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार ७:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया