भारतमा रेल दुर्घटनामा नेपाली युवकको मृत्यु भएको छ । झापाको काँकडभिट्टा–पानीट्याङ्की सीमानजिकै रेल दुर्घटना हुँदा मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो ।
बिहीबार बेलुका साढे ७ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलको बाटो क्रसिङ गर्ने क्रममा उनलाई रेलले ठक्कर दिएको भारती प्रहरीले जनाएको छ ।
रेलको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको विषयमा खोरीबारी थानाले अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।