वीरेन्द्रनगरमा राष्ट्रिय स्तरको ‘हाफ म्याराथन’ प्रतियोगिता हुने

सुर्खेतको वीरेन्द्रनगरमा ‘हाफ म्याराथन’ प्रतियोगिता आयोजना गरिने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिडवस्टेर्न फिटनेस सेन्टरको आयोजनामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा हाफ म्याराथन प्रतियोगिताको आयोजना गरिने भएको हो ।

असार ७ गते सञ्चालन हुने प्रतियोगितामा नेपालभरबाट धावकहरूको सहभागिता रहने छ । साथै, उक्त प्रतियोगितामा विद्यालय स्तरीय म्याराथन (पाँच किलोमिटर) समेत समावेश गरिएको छ । प्रतियोगितामा कुल एक हजार धावकको सहभागिता रहने आयोजक संस्थाको भनाई छ । हाफ म्याराथन तर्फ पुरुष समूहको मात्र सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

हाफ म्याराथन तर्फ प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैठौँ हुने धावकलाई क्रमशः ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ । यसै गरी विद्यालय तर्फ भने प्रथम, द्वितीय र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद सहितको पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ सहयोग गर्दै छ । साथै, कुल १८ लाख रुपैयाँ खर्च हुने आंकलन गरिएको यस खेलका लागी आयोजक संस्थाले निजि क्षेत्रसँग आर्थिक सहयोगका लागि समन्वय गरिरहेको मिडवस्टेर्न फिटनेस सेन्टरका सञ्चालक सञ्जीव हमालले जानकारी दिए ।





  • प्रकाशित मिति : असार ३, २०७९ शुक्रबार १५:२१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया