जहाँ लाखाैं कमाउनेलाई पनि गरिब भनिन्छ !

केही हजारकाे जागिर खाने साथीहरुलाई पनि नेपालमा भनिन्छ- तेराे त ह्यान्डसम स्यालरी छ यार, के गर्छस् यतिका पैसाले । झन्, महिनामा नै ६ डिजिटमा तलब खानेहरुलाई नेपालमा निकै धेरै पैसा कमाएकाे संज्ञा दिइएकाे हुन्छ । लाख रुपैयाँ तलब खानेलाई साथीभाइकाे सर्कल, समाज तथा परिवारमा पनि सफल मानिन्छ । तर, आश्चर्य के भने एउटा यस्ताे सहर पनि छ जहाँ लाखाैं कमाउनेलाई पनि गरिब भनिन्छ । याे सहर हाे- अमेरिकाकाे सान फ्रान्सिस्काे ।

याे कुनै फिक्सनल कथा भने हाेइन । अमेरिकाकाे अावासीय तथा शहरी विकास विभागले केही अघि सार्वजनिक गरेकाे रिपाेर्ट हाे । त्याे रिपाेर्टका अनुसार सान फ्रान्सिस्काे, सान माटियाे तथा त्यसकाे वरपर बस्ने चार सदस्यीय परिवारले १ कराेड २८ लाख रुपैयाँ कमायाे भने त्याे परिवारलाई कम कमाइ भएकाे परिवार भनिन्छ ।

अझ कुनै परिवारकाे कमाइ ८० लाखमात्र रहेछ भने त्याे परिवारलाई त गरिबीकाे रेखामुनीकाे परिवार मानिन्छ । ब्रुकिङ इन्स्टिच्युटकाे वेबसाइटका अनुसार अमेरिकीहरुकाे कमाइमा निकै ठूलाे भिन्नता छ । अमेरिकाकाकाे लगभग दुईतिहाई परिवारकाे कमाइ सान फ्रान्सिस्काेमा १ कराेड कमाउने परिवारकाे भन्दा निकै कम छ । अमेरिकामा चार सदस्यकाे एक परिवारले वर्षमा अाैसत रुपमा ९६ लाखसम्म कमाइ गरेका हुन्छन् । अलिक धेरै सदस्य भएका परिवारकाे अाैसत कमाई ६४ लाख रुपैयाँ छ ।

३२ कराेड ६० लाख जनसंख्या भएकाे अमेरिकामा अहिले पनि चार कराेडभन्दा बढी मानिस गरिबीकाे रेखामुनी छन् । गरिबीकाे रेखामुनी भएका परिवारकाे कमाइ करिब ३२ लाख रुपैयाँ छ । तर, सान फ्रान्सिस्काेकाे कथा फरक छ । याे सहरमा अाइटी र प्रविधि उद्याेग निकै धेरै छन् ।

त्यसैले पनि त्यहाँका मानिसकाे कमाइ अन्य क्षेत्रकाे भन्दा बढी छ । सन् २००८ बाट २०१६ सम्म अाइपुग्दा याे कमाइ २६ प्रतिशतले बढेकाे छ । कमाइ अत्यन्त राम्राे भए पनि यहाँकाे बसाइ तथा अन्य खर्च पनि बढी नै छ । सान फ्रान्सिस्काेमा बस्नेहरुले अमेरिकाका अन्य सहरमा बस्नेहरुकाे भन्दा २५ प्रतिशत बढी खर्च गर्ने रिपाेर्टहरुले जनाउँछन् ।

- बिबिसीबाट





  • प्रकाशित मिति : पुस २९, २०७५ आइतबार ०:२१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया