पर्यटनमन्त्री आलेविरुद्ध नेपाल एयरलाइन्सका अध्यक्ष अधिकारी पुगे प्रहरी

पर्यटनमन्त्री प्रेमबहादुर आलेले गोली हान्ने र कुटपिट गर्ने धम्की दिएको उल्लेख गर्दै नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जीउधनको सुरक्षा माग गरेर निवेदन दिएका छन् ।  

डोटी घर भइ हाल काठमाडौँ महानगरपालिकामा बस्ने मन्त्री प्रेमबहादुर आलेले आफूलाई विभिन्न धम्की दिएको भन्दै शुक्रबार आफैं उपस्थित भएर काठमाडौँ जिप्रकामा निवेदन दिएका हुन् । उनले जिल्ला प्रहरी परिसर टेकुमा पनि निवेदन दिएका छन् ।  

कर्मचारी भर्ना गर्ने विषयमा विवाद भएपछि मन्त्री आले र अध्यक्ष अधिकारीबीच यसअघि पटक पटक विवाद भएको थियो । मन्त्री आलेले फोनमा र आफ्नै कार्यकक्षमा उपस्थित भएका बेला अधिकारीलाई हातपातका साथै अश्लील गाली गरेका थिए । 

यसैबीच नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल वायुसेवा निगम केन्द्रिय समिति र नेपाल वायुसेवा निगम कर्मचारी युनियनले दुई छुट्टा छुट्टै  विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई बर्खास्त गर्न नेपाल सरकारसँग माग गरेको छन् ।

संगठनका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र शाहले विज्ञप्ति निकाल्दै मन्त्रीजस्तो पदमा बसेको व्यक्तिले पदीय मर्यादा र आचरण विपरित पटक पटक कर्मचारी भर्नाको दबाव दिदै गरिएको निज दूव्र्यवहारपूर्ण अभिव्यक्तिप्रति खेद प्रकट गर्दै सम्बन्धित निकाय समक्ष मन्त्री आलेलाई बर्खास्त गर्नुपर्ने माग राखेको हो ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार ०:२६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया