अमर न्यौपाने नेपाली साहित्यमा पढिनेमध्ये नाम हो । उनका पानीको घाम, सेतो धरती, करोडौं कस्तुरी, कलिलो मनजस्ता कृति प्रकाशित छन् । अमरले २०६८ सालमा सेतो धरती उपन्यासबाट मदन पुरस्कार पाएका थिए । त्यसैगरी, पानीको घामबाट (२०६७) पद्मश्री साहित्य सम्मान र कलिलो मनबाट (२०६६) पारिजात बालसाहित्य पाण्डुििलप पुरस्कार प्राप्त गरेका थिए । साहित्यकार अमर आफू पनि लेखक भएकाले पुस्तकको राम्रो ज्ञान भएको बताउँछन् ।
अमर पात्रको बलियो आधारले पुस्तकलाई चर्चित बनाउने कुरालाई बुझेका छन् । त्यसैले आफ्नो पुस्तकमा पनि बलियो पात्र बयान गरेका छन् । उनलाई लोभ्याउने पाँच पात्रबारे फरकधारसँग कुराकानी गरेका छन् ।
इन्द्रमाया (तीन घुम्ती)
मलाई उनको बोल्ड अवतार मन पर्याे । उनको जीवनमा आएका तीन कठिन परिस्थितिको आफंै निर्णय गरेकी छिन् । कुनै पनि मोडमा कमजोर नभई आफ्नो जीवनको उचित निर्णय लिन सक्ने उनको चरित्रले मन छोएको छ ।
सुम्निमा (सुम्निमा)
आफ्नो शरीरलाई माया गर्नुपर्छ भन्ने धारणा लिएकी सुम्निमा पात्रले मेरो ध्यान आकर्षित गरेकी छिन् । आत्मालाई माया गर्नुपर्छ भन्ने धारणा लिएका सोमदत्तको खण्डन गर्दै क्षणभरमा मरेर जाने शरीरलाई माया गर्नुपर्छ । कहिल्यै नमर्ने आत्माको पछि लागेर आफ्नो समय नष्ट गर्नु हुँदैन भन्ने विचारले छोयो ।
वाङलुङ (द गुड अर्थ)
यो चीनको कथा हो । चीनमा भोकमरी लागेको परिवेशमा आधारित यस उपन्यासमा वाङलुङ जहिल्यै जमिन जोड्नुपर्छ भन्ने कुरामा फोकस हुन्छ । वाङलुङ पात्रबाट दिन खोजेको सन्देशले मलाई मन परेको हो । उनको भनाइचाहिँ जमिन कसैले चोर्न सक्दैन, जमिनले जहिल्यै न्याय गर्छ भन्ने रहेको छ, जुन मलाई पनि उचित लाग्छ ।
सिद्धार्थ (सिद्धार्थ)
गोविन्द सिद्धार्थको मिल्ने साथी हो । ऊ ज्ञान प्राप्त गर्नका लागि बुद्धको शरणमा जान्छ तर सिद्धार्थको विचार चै ज्ञान आफैं हासिल गर्ने चिज हो । यसका लागि कहीँ जानु पदैन भन्ने हो, जसमा ऊ सफल भएको छ ।
राधा (राधा)
मलाई राधा पात्र मन पर्नुको कारणचाहिँ उनको पे्रमीप्रतिको स्थिर प्रेम हो । उनी कसैलाई हानि नपु¥याउने खालकी पात्र हुन् । हरेक मोडमा आफ्नो प्रेमीलाई ऊर्जा दिने प्रवृत्ति राम्रो लाग्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।