बैतडीका ५ सडक निर्माणका लागि तीन करोड विनियोजन

संघीय सरकारले बैतडी जिल्लाका पाँच सडकलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षमा काम सक्नेगरी सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पाँच सडकका लागि बजेट विनियोजन गरेको हो ।
 
जिल्लाको पाटन–कैलपाल–देवल सडकका लागि ५० लाख, धामीगाउँ–बाइम–मनकुडा–पुर्चौंडी सडकका लागि ५० लाख, देउझाडी–नगराउँ–धामीगाउँ–डिलासैनी सडकका लागि ५० लाख, सकार–बयलचौर–पाटन सडकका लागि ५० लाख र सतबाँझ–श्रीभावर सडकका लागि  एक करोड बजेट विनियोजन गरिएको हो ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यी सडक निर्माण गरिने बताइएको छ । यसअघि संघीय सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत बैतडीका लागि पनि बजेट विनियोजन भएको थियो। 

पाटन नगरपालिकाका लागि ४९ करोड ३६ लाख, दशरथचन्द नगरपालिकाका लागि  ४७ करोड २९ लाख, पुर्चौंडी नगरपालिकाका लागि  ४८ करोड ४९ लाख र मेलौली नगरपालिकाका लागि ३८ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै, गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदारका लागि ३८ करोड ९० लाख, डिलासैनीका लागि ३६ करोड ४४ लाख, पञ्चेश्वरका लागि ३० करोड ८४ लाख, सिगासका लागि ३२ करोड ३७ लाख, सुर्नयाका लागि ३२ करोड ४० लाख र शिवनाथका लागि २५ करोड ९९ लाख विनियोजन गरिएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार १९:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया