शान्ति शर्माको ‘सपनाको समाधि’ कविता संग्रह र म्युजिक भिडियो सार्वजनिक

कवयित्री शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ बजारमा आएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका हुन् । 

कार्यक्रममा बोल्दै कवयित्री शर्माले आफ्नो जन्मभूमि सोलुखुम्बुको परिवेशलाई समेटेर सो कविता संग्रह रचना गरिएको बताइन् । कविता संग्रहमा प्रेम, प्रकृति र समसामयिक विषयवस्तुहरुलाई उठान गरिएको पनि उनको भनाइ थियो ।

साझा प्रकाशनले प्रकाशित गरेको सो कविता संग्रहमा तिमीसँग छुटने बेला, तिमी हुँदा र नहुँदा, पग्लिएर मनको हिमाल, आमालाई सम्झेर, बादल र मनलगायतका शीर्षकहरु रहेको कविता रहेका छन । 

कवयित्री शर्माको सो कविता संग्रहमा सामाजिक, सांस्कृतिक, नैतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको उपकुलपति उप्रेतीले बताए । कार्यक्रममा ‘नसोधिदेऊ बिन्ती’ नामक म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । 





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार १९:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया