सञ्चालन नहुँदै भत्कियो बबई पुल

दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । 

पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्डअनुसार तारजाली नलगाइँदा बनाइका संरचना भत्किएको स्थानीयको भनाइ छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचना भत्किँदा वर्षायाममा जोखिम बढेको उनीहरूले बताए ।

केही महिनापहिले मात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन । ०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही समयपहिले सम्पन्न भएको थियो । निर्माणाधीन क्रममा बाढीले पुल भत्काएपछि नयाँ डिजाइनमा पुनःनिर्माण गरिएको थियो ।





  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार २०:३५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया