केन्द्रमा पानी बाराबार, इलाम जिससमा एमाले र एकीकृत समाजवादी गठबन्धन विजयी

जिल्ला समन्वय समिति इलामको प्रमुख र उपप्रमुखमा एमाले र एकीकृत समाजवादी गठबन्धन विजयी भएको छ । केन्द्रमा एमाले र सोही पार्टीबाट छुट्टिएको एकीकृत समाजवादीबीच पानी बाराबारको अवस्था विद्यमान रहँदा इलाममा दुई पार्टीबीच गठबन्धन भएको हो । 

जिसस प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन् भने उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चित्रकला बराइली निर्वाचित भएका हुन् ।

प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् भने उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रेसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भएका हुन् । प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गरे ।

सदस्यहरूमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बू, सीता कार्की र मीनाकुमारी राई निर्वाचित भए । एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमाले र समाजवादीका उम्मेदवार मीना कुमारीको १२ मत आउँदा अरु दुई सदस्यले १३–१३ मत प्राप्त गरेका छन् भने कांग्रेसका दुई उम्मेदवारले सात–सात मत प्राप्त गरे । त्यस्तै, दलित महिला सदस्यमा कांग्रेसका पार्वती विकको सात मत आएको थियो । 

एकीकृत समाजवादीका उम्मेदवारले १२ मत प्राप्त गरे । सदस्यमा एमालेका तीन उम्मेदवारले १२–१२ मत प्राप्त गर्दा कांग्रेसका राजकुमार लिम्बू र विष्णुप्रसाद भट्टराईले आठ–आठ मत प्राप्त गरेका थिए ।



जिसस निर्वाचनमा इलाममा एमाले र समाजवादीले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । कांग्रेसले एक्लै मनोनयन गरेको थियो । एमाले र एकीकृत समाजवादीको गठबन्धनमा एमालेले प्रमुखसहित ६ पदमा र एकीकृत समाजवादीले उपप्रमुख तथा दुई सदस्यमा उम्मेदवारी दिएको थियो ।

जिल्लाका १० स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २० मतदाता रहेका थिए । २० मध्ये एमाले–एकीकृत समाजवादी गठबन्धनतर्फ १२ मतदाता, कांग्रेसतर्फ सात र जसपाका एकजना रहेका थिए । 



यसअघि पनि सूर्योदय नगरको कार्यपालिका गठनमा एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेको थियो ।

  • प्रकाशित मिति : असार ४, २०७९ शनिबार २१:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया