दोनेत्स्कमा युक्रेनी बमबारी, पाँच जनाको मृत्यु

पूर्वी पृथकतावादी सहर दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । ‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जन गणतन्त्रमा पाँच सर्वसाधारण मारिनुका साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ । 

दोनेत्स्क पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो । सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र रूसी सेनाहरू बीच भयंकर लडाइको विषय भएको छ । ‘आज बिहानदेखि, शत्रुको ठूलो बम बारीले गणतन्त्रको राजधानीलाई निशाना बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।





  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार १०:३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया