हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले हेटौंडा–१५ मा विद्युतीय सवारी चार्ज गर्ने स्टेसन निर्माणका लागि जमिन दिने निर्णय गरेको छ ।
बैठकले पूर्वपश्चिम राजमार्ग भएर गुड्ने विद्युतीय सवारीलाई लक्षित गर्दै हेटौंडा– १५ को रातोमाटे लच्कानजिकै चार्जिङ स्टेसन निर्माणका लागि जमिन दिने निर्णय गरेको हो ।
वडा कार्यालय, स्थानीय बासिन्दा, सामुदायिक वन उपभोक्ता समूहले जमिन दिनका लागि समस्या नभएको निर्णय गरेपछि उपमहानगरको कार्यपालिका बैठकले स्टेसन निर्माणका लागि करिब ५ कठ्ठा जमिन दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
कार्यपालिका बैठकले हेटौंडा–१२ पुर्ननवा आयुर्वेदिक अस्पताललाई पनि जग्गा दिने निर्णय गरेको छ । बैठले उपमहानगरको विकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर वृद्धिमा लागेका शिक्षकलाई भत्ता दिने निर्णय गरेको छ ।
बैठक शनिबार हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।