बागमती प्रदेश : मुख्यमन्त्री कार्यालयमै लक्ष्यअनुरुप बजेट खर्च भएन

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९–८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेकोमा आगामी आर्थिक वर्षका लागि १३ अर्बभन्दा बढी बजेट ल्याएको छ । 

त्यसो त चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३०.५३ प्रतिशत मात्रै खर्च गरेको विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयको उक्त चैत्र मसान्तसम्मको प्रगति विवरणमा कुल बजेटको ३०.५३ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । 

गत आवको सोही अवधिमा चालूतर्फ ३४.७, पुँजीगततर्फ ३०.४१, वित्तीय व्यवस्थातर्फ ४० प्रतिशत गरी कुल ३२.७३ प्रतिशत खर्च भएको थियो । गत आर्थिक वर्ष ०७७–०७८ को चैत्र मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षमा विनियोजनको तुलनामा खर्चको अनुपातमा गिरावट आएको देखिएको छ । 

चालू आर्थिक वर्षमा वित्तीयतर्फमा २६ अर्ब १ करोड, पुँजीगततर्फ २९ अर्ब ७० करोड र वित्तीय व्यवस्थातर्फ २ अर्ब गरी कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेटमा लक्ष्यअनुरुप खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी वित्तीय व्यवस्थातर्फ ५० प्रतिशत खर्च भएको छ । त्यस्तै, चालूतर्फ विनियोजित रकमको ३५.७९ प्रतिशत खर्च भएको छ भने, पुँजीगत बजेटको २४.६२ खर्च भएको बागमती प्रदेश सरकारले जनाएको छ । 

यसअघि रहेका आठवटा मन्त्रालय तथा थपिएका ६ वटा मन्त्रालयले चालू आवमा लक्ष्यअनुसारको खर्च गर्न नसकेको बागमती प्रदेश सरकारको आर्थिक वर्ष ०७९–८० को चैत्र मसान्तसम्मको प्रगति विवरणमा उल्लेख गरिएको छ ।  

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  ७१ करोड ७३ लाख २४ हजार विनियोजित रकममा चालूतर्फ १७ करोड २८ लाख ३७ हजार विनियोजित रकममा ६ करोड ५३ लाख २१ हजार अर्थात् ३७.७९ प्रतिशत मात्रै खर्च भएको छ । असार मसान्तसम्म ६५ प्रतिशत अर्थात् ११ करोड २३ लाख ४४ हजार बजेट खर्च गर्ने लक्ष्य लिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 



त्यस्तै, पुँजीगततर्फ २ करोड ५० लाख विनियोजित बजेटमा चैत्र मसान्तसम्ममा ३८.४० प्रतिशत अर्थात् ९२ लाख ३४ हजार बजेट खर्च भएको छ । असार मसान्तसम्ममा ६० प्रतिशत बजेट खर्च गर्ने प्रदेश सरकारका तयारी रहेको छ । सशर्त अनुदानतर्फ ३३ करोड ९ हजारमा १३ प्रतिशत अर्थात् ४ करोड ३ लाख ६० हजार मात्रै खर्च भएको छ । 



  • प्रकाशित मिति : असार ५, २०७९ आइतबार २१:३०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया