काठमाडौंको नीति तथा कार्यक्रमः कस्तो छ शिक्षा नीति ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आफनो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार उनल सार्वजनिक गरेको नीति तथा कार्यक्रमको मुख्य नारा काठमाडौंलाई साँस्कृतिक सहर, समृद्ध महानगर बनाउने लक्ष्य लिइएको छ ।

बालेनले आफ्नो नीति तथा कार्यक्रममा काठमाडौंमा महानगर शिक्षा सुधार योजना तर्जुमा गर्ने उल्लेख गरेका छन् । विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरु रहेको समिति गठन गरेर महानगर शिक्षा सुधार योजना तर्जुमा गर्ने उनले बताएका छन् ।

त्यस्तै, सीपमा स्वरोजगार हुने जनशक्ति तयार गर्ने नीति अख्तियार गर्ने पनि शिक्षा नीतिमा उल्लेख गरिएको छ । 

काठमाडौं महानगरका १ कक्षादेखि ८ कक्षासम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रमअनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिने पनि उनले उल्लेख गरेका छन् ।

महानगर शिक्षा कोष गठन हुने र यो कोषबाट विपन्न, अनाथ तथा असहाय बालबालिकाको शिक्षाको प्रबन्ध गर्न आवश्यक व्यवस्था मिलाउने शिक्षा नीतिमा उल्लेख गरिएको छ । कोषमा आन्तरिक आम्दानी गर्ने सामुदायिक विद्यालयहरुको आम्दानीको निश्चित प्रतिशत छुट्याइने उल्लेख गरिएको छ ।



सामुदायिक विद्यालयमा विद्यालय परिसर सुधार कार्यक्रम सन्चालन गर्ने पनि नीतिमा उल्लेख गरिएको छ ।

उनले नीजिस्थरमा संचालनमा रहेका शैक्षिक परामर्श केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्रलगायतका संस्थाहरुको अभिलेखीकरण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 



त्यस्तै, दरबार हाइस्कुललाई राष्ट्रिय स्तरको नमूना विद्यालयका रुपमा सन्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने पनि बालेनले बताएका छन् ।

  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ०:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया