फ्रान्समा निर्वाचन : राष्ट्रपतिले संसदमा गुमाए बहुमत

राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोँले बहुमत गुमाएका  छन् ।  

निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोँले फ्रान्सको तल्लो सदन नेशनल एसेम्ब्लीमा बहुमत गुमाएका हुन् । 

उनले बलियो बहुमत ल्याउन मतदातालाई आह्वान गरेका थिए । तर, म्याक्रोँले नेतृत्व गरेको गठबन्धनले चुनावमा दर्जनौं सिट गुमाएको छ, जसले फ्रान्सेली राजनीतिलाई ध्रवीकरणतर्फ लैजाने देखिएको छ । अव राष्ट्रपतिलाई सुधारका योजना पारित गर्न समस्या पर्नेछ । 

निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । 
म्याक्रोँले हालै नियुक्त गरेका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यो अवस्था अप्रत्यासित भएको बताइन् । 

‘हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका जोखिमहरूलाई ध्यानमा राख्दा पछिल्लो अवस्थाले हाम्रो देशकाे खतरा प्रतिनिधित्व गर्छ’, प्रधानमन्त्री भनिन् । 
आधुनिक फ्रान्सले यस्तो संसद् कहिल्यै नदेखेको पनि उनले बताइन् । संसदमा बहुमत जुटाउने प्रयत्नमा लाग्ने उनले बताइन् ।  

उनले अगाडि थपिन्, ‘हामीले भोलिदेखि नै बहुमत ल्याउनका लागि काम गर्नेछौं ।’





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार ८:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया