वासिङ्टन डिसीमा गोली चल्यो, एक जनाको मृत्यु
फाइल तस्बिर

अमेरिकाको वासिङ्टन डिसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये एक किशोरको मृत्यु भएको बताइएको छ ।

 ‘दुई वयस्क र एक किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, एक प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो’, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट जे कोन्टीले भने । 

गोली लागेर घाइते भएका प्रहरी अधिकारी र अन्य दुईजनाको अस्पतालमा उपचार भइरहेको छ । घाइते किशोरको भने मृत्यु भएको प्रहरीले जनाएको छ । वासिङ्‍गटन डिसीको संस्कृति प्रवद्र्धन गर्ने पर्व मोचेलाको समयमा गोलाबारी भएको थियो । 

अमेरिकामा पछिल्लो समयमा बारम्बार बन्दुक हमला भएका छन् ।  





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १०:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया