बजेट सन्तुलित र न्यायोचित छैन : तुलसाकुमारी दाहाल

नेकपा (एमाले) की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गरेका छन् । 

सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको भन्दै यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विरोध स्वरूप खर्च कटौतीको प्रस्ताव राखेको छु । लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको हुँदा यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्न चाहन्छु । बजेट सन्तुलित र न्यायोचित छैन,’ उनले भनिन् ।

दाहालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित र न्यायोचित नभएको दाबीसमेत गरिन् । 





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १३:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया