बझाङमा २० प्रतिशत मात्रै रोपाइँ, आकाशे पानीको भरमा किसान

सिँचाइको सुविधा नभए पछि आकाशे पानीको भरमा रहेका बझाङका किसानलाई पानी पर्न थालेपछि भने राहत महसुस हुन थालेको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका यहाँका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका हुन्छन्। जिल्लाका अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको  छ । बझाङमा गएरातिदेखि मनसुन भित्रिएकाले किसानलाई राहत महसुस भएको जयपृथ्वी नगरपालिका ३ कर्ण खड्काले बताए।

अहिले रोपाइँका लागि उपयुक्त समय रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले बताएका छन् । बीउ रोप्न योग्य भए पनि पानीको अभावमा खेत बाँझै रहेको मष्टा गाउँपालिका–१ कोटदेवलका जलन खड्काले बताइन् । रोप्नका लागि बनाइएको बिउसमेत सिँचाइ नहुँदा बचाउन मुस्किल भएको उनले बताइन् ।   उनले भनिन्, ‘हाम्रो खेतमा सिँचाइ सुविधा छैन । आकाशे पानी पर्खिरहेका छौँ । अहिलेसम्म धान रोप्न पाएका छैनौँ, बिउ सुक्दै गएको छ।’

८ हजार हेक्टर क्षेत्रफल धान खेती हुने बझाङमा ६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ भने २ हजार हेक्टर क्षेत्रफलमा छरुवा धान खेती हुने गर्दछ । जिल्लामा हालसम्म बढीमा २० प्रतिशतमा मात्रै रोपाइँ भएको अनुमान कृषि ज्ञान केन्द्रको छ ।  बेसी क्षेत्र तथा  सिँचाइ सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ भएको केन्द्र प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।  





  • प्रकाशित मिति : असार ६, २०७९ साेमबार १५:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया