सहकार्य हुन सके काम गर्न सजिलो र प्रभावकारी विकास सम्भव छ : बालेन्द्र शाह

सम्बन्ध भएका निकायसँगको सहकार्य र समन्वयले मात्र नागरिकको चाहनाअनुसार महानगरको विकास सम्भव हुने बताइएको छ । काठमााडौं महानगरपालिकाले सोमबार यहाँ आयोजना गरेकोे पूर्वाधार विकास समन्वय बैठकमा सहभागीले पूर्वाधारको कुनै पनि काम गर्दा सम्बन्ध भएको सबै निकायसँग सहकार्य गरेर मात्र सुरु गर्नुपर्ने धारणा राखेका हुन् । 

कार्यक्रममा कामपा प्रमुख बालेन्द्र शाहले आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारीपूर्वक समन्वय गरी अघि बढ्न सके विकासको काममा कुनै पनि निकाय बाधक बन्न नपर्ने धारणा राखे ।

‘विशेषगरी सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल विद्युत् प्राधिकरण र अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिजस्ता निकायसँग सहकार्य हुन सके काम गर्न सजिलो र प्रभावकारी विकास सम्भव हुन्छ,’ उनले भने ।

कार्यक्रममा काठमाडौं उपत्यकाको अन्तिम फोहोर व्यवस्थापन स्थल सिसडोलसम्म जाने तीनपिप्ले सडकखण्ड मर्मतको काम सक्दो छिटो सम्पन्न गर्न सडक विभागलाई आग्रह गरिएको छ ।     

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणसँग ठूलो अपेक्षा रहेको भन्दै कामपाले यसअघिकै विभिन्न शीर्षकमा रहेको बक्यौता रकम बुझाउन अनुरोध पनि गरेको छ । कार्यक्रममा कामपाका उपप्रमुख सुनिता डङ्गोलसहित विभिन्न कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।  





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ६:४९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया