वेल्स फुटबल टोलीका मुख्य प्रशिक्षक रायन गिग्सले राजीनामा दिएका छन् । सन् २०२० को नेभेम्बरदेखि नै आफ्नो भूमिकाबाट बाहिर रहेका रायनले सोमबार मात्रै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।
आफ्नी पूर्वप्रेमिकालाई आक्रमण गरेको आरोपमा रायनलाई नियन्त्रणमा लिइएको थियो । तर, उनले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
रायनको अनुपस्थितिमा रोबर्ट पेजले टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन् । पेजको प्रशिक्षणमा वेल्सले १९५८ पछि पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल भएको छ ।
म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रायन २०१८ मा वेल्सको मुख्य प्रशिक्षक चयन भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।