सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुल गान्धीसँग पाँचौंपटक सोधपुछ

कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म सोधपुछ गरिएको छ ।

गत साता  सोमबारदेखि बुधबारसम्म राहुललाई ३० घण्टाभन्दा बढी सोधपुछ गरिएको थियो । 

यसैबीच, कोभिडसम्बन्धी समस्याका कारण गत साता अस्पताल भर्ना भएकी कंग्रेस प्रमुख सोनिया गान्धी उपचारपछि सोमबार साँझ डिस्चार्ज भएकी छिन् । सम्पत्ति शुद्धीकरण मुद्दामा छोरा राहुलसँग उनलाई पनि बोलाइएको छ ।

अस्वस्थताका कारण जुन २३ सम्मको समय दिइएको छ । नेशनल हेराल्ड मामिलामा ईडीले राहुल र सोनियाको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १०:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया