स्पेनिस क्लब बार्सिलोनाका पूर्वस्ट्राइकर स्यामुएल इटोले कर छली गरेको स्वीकार गरेका छन् । इटोले बार्सिलोनाबाट खेल्दा ३.२ मिलियन पाउण्ड कर छली गरेको स्वीकार गरेका हुन् ।
कर छलीको आरोपमा स्पेनको सिउडाड डे ला जस्टिसिया अदालतले उनलाई २२ महिनाको जेल सजाय सुनाएको छ । तर, उनी जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार हिंसात्मकबाहेकका २ वर्षभन्दा कम जेल सजायका अभियुक्तले जेलमा बस्नु पर्दैन ।
यस्तै, अदालतले उनलाई १.५५ मिलियन पाउण्ड जरिवाना पनि तोकेको छ । इटोमाथि २००६ देखि २००९ सम्म तस्बिरहरू बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप छ ।
क्यामरुन फुटसल संघको अध्यक्ष समेत रहेका इटोले आफ्ना पूर्व एजेन्ट जोसे मारिया मेसालेसका कारण आफुले उक्त काम गरेको दाबी गरेका छन् । २००४ मा बार्सिलोनामा आबद्ध भएका थिए ।
इटोले सन् २०१४ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । क्यामरुनबाट ११८ खेलमा ५६ गोल गरेका उनले आफ्नो राष्ट्रलाई ओलम्पिक स्वर्ण र अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएका थिए ।
चेल्सी र इन्टर मिलानबाट समेत खेलेका इटोले ७१८ क्लब खेलमा ३५९ गोल गर्नुका साथै ११६ गाेलका लागि अवसर सिर्जना गरेका थिए । चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले चार च्याम्पियन्स लिग, तीन ला लिगा र एक सिरी 'ए' उपाधि जितेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।