केबुलकारमा फसेपछि डोरीबाटै झुण्डिएर झरे पर्यटक

भारतको एक पहाडमाथि चल्ने केबल कार लामो समयसम्म अड्किएको विवरण सार्वजनिक भएको छ । पर्यटक बोकेको केबलकार अड्किएपछि त्रसितमध्येका एक जना यात्रु डोरीमार्फत झरेका थिए । उत्तरी शिवालिक हिमालको मनमोहक दृश्यको रमाइलो गर्दा एक्कासि केबलकार रोकिएको थियो । 

उनीहरू परवानु टिम्बर ट्रेलमा यात्रा गरिरहेका थिए । फसेका ११ पर्यटकमध्ये एक जनाले डोरी प्रयोग गरेर केबलकारबाट तल ओर्लिरहेको भिडियोमा देख्न सकिन्छ । तर, केबलकारभित्र बालबालिका र महिलासमेत भएकोले अन्यले डोरी प्रयोग गरेर तल ओर्लन सकेनन् ।

मद्दतका लागि प्रहरी र दमकल टोलीहरू केबलकारमा पुग्नुअघि उक्त समूह एक घण्टाभन्दा बढी समयसम्म फसेको थियो । बाँकी समूहलाई उद्धार गर्न अधिकारीहरूले दोस्रो केबल कार प्रयोग गरेका थिए ।  

यस्तै, घटना सन् १९९२ को १३ अक्टोबरमा भएको थियो । त्रासबीच केबलकारबाट हाम फाल्दा एकजना अपरेटरको मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार ११:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया