हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा एमालेको अवरोध

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेका सदस्यहरुले अवरोध गरेका छन् । बैठक सञ्चालन कार्यविधि शंसोधनको विषयमा कुरा नमिलेपछि नेकपा एमालेको तर्फबाट कार्यपालिका सदस्यहरु बैठकबाट बाहिर निस्केका छन् । बहुमत कार्यपालिका सदस्य रहेको हेटौँडा उपमहानगरपालिकामा एमालेको मागको विषयमा मेयर तथा उपमेयर लचिलो नभएको भन्दै एमालेले बैठक छाडेको हो ।

१८ जना कार्यपालिका सदस्य रहेको एमालेले बैठक संचालन कार्यविधि–२०७४ को १५९२० र १५९३० मा रहेको ब्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो । तर मागको विषयमा मेयर–उपमेय लचिलो नबनेपछि आफुहरुले वाध्य भएर बैठक बहिस्कार गर्नुपरेको वडा नंबर ११ की वडाध्यक्ष जुना दाहालले जानकारी दिइन् ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १२:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया