सांसदलाई उद्योगमन्त्रीको जवाफ : अब पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन

सरकारले इन्धनको मूल्य घटाउन नसकिने प्रष्ट पारेको छ । प्रतिनिधिसभा मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घटाउन नसकिने प्रष्ट पारेका हुन्।

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री बडूले सरकारले यसअघि नै मूल्य घटाउनका लागि सकिने व्यवस्थाहरू गरिसकेकोले अब मूल्य घटाउन नसकिने बताएका हुन्।

उनले यसअघि नै पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर बापतको छुट दिइसकेका र भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब रुपैयाँ तिर्न अझै बाँकी भएकोले मूल्य घटाउन नसकिने उल्लेख गरे ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १४:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया