टि-२० च्याम्पियनसिप : नेपालकाे पहिलाे पराजय, हङकङ सात विकेटले विजयी

एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले पहिलाे पराजय बेहाेरेकाे छ । 

नेपाल आज सम्पन्न समूह चरणकाे आफ्नो अन्तिम खेलमा हङकङसँग  सात विकेटले पराजित भएकाे हाे ।

नेपालले दिएकाे ११० रनकाे लक्ष्य हङकङले १५.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्याे ।

हङकङका लागि मारिको हिलले ३२ बलमा नाै चाैकासहित सर्वाधिक ४५ रनकाे याेगदान दिइन् ।

नताशा माइल्सले अविजित २८ र कप्तान केरी चानले १७ रन जाेडे ।

यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ राेजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएकाे थियाे ।



नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३६ बलमा ४ चौकासहित अविजित रहँदै ३२ रनको योगदान दिइन् ।

विन्दु रावलले २३ र अप्सरी बेगमले अविजित २२ रन बनाए ।



हङकङका बेट्टी चानले दुई तथा एलिसा हुब्राड र मार्यम बिबीले एक/एक विकेट लिए ।

याे हारसँगै चार खेलमा ६ अंक जाेड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकाे नेपाल समूह `बी´काे दोस्रो स्थानमा झरेकाे छ ।

यसअघि नेपालले भुटानलाई ५० र  कुवेतलाई २५ रनले तथा बहराइनलाई आठ विकेटले हराएकाे थियाे ।

याे जितसँगै आफ्नो विजयी यात्रालाई कायम राखेकाे हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएकाे छ ।

एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेकाे हङकङले यसअघि
भुटानलाई १४ तथा बहराइनलाई आठ विकेटले हराएकाे थियाे ।

नेपाल शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्न अन्तिम खेलमा हङकङ कुवेतसँग फराकिलो अन्तरले पराजित हुनुपर्छ ।

हङकङ विजयी भएमा नेपाल समूह`बी´ को उपविजेताका रुपमा सेमिफाइनल खेल्नेछ ।

  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १४:५९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया