रग्बी सिरिजकाे पहिलाे खेलमा नेपाल पराजित

बंगवन्धु बंगलादेश-नेपाल अन्तराष्ट्रिय रग्बी सिरिजअन्तर्गत पहिलो  सेभेन 'ए' साइड खेलमा नेपाल पराजित भएको छ ।

ढाकामा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल घरेलु टाेली बंगलादेशसँग २०-० को स्कोरले पराजित भएको हो ।

नेपालले दुवै हाफमा समान १० स्कोर बेहाेरेकाे थियो।

बंगलादेशले खेलमा कुल ४ वटा ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने) हान्न सफल भयो। प्रत्येक ट्राईबाट ५ स्कोर दिइन्छ।

बंगलादेशका लागि नदिम मेहमुदले दुई  तथा सोहेल राना र अनवर जमानले एक/एक ट्राई गरेका थिए ।

पुजन फेवाली, रामकृष्ण चौधरी र शेरबहादुर ओलीले नेपालका लागि रग्बी सेभेन `ए´ साइडमा अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।



नेपालले सिरिज अन्तर्गत मंगलबार नै दोस्रो सेभेन 'ए' साइड खेल खेल्नेछ ।

नेपाल बंगलादेशबीच बुधबार फिप्टिन `ए´ साइडकाे एक खेल हुनेछ ।



  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १५:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया