एसपिपी अघि बढाउन संलग्नहरुको नाम संसदलाई जानकारी गराउन भीम रावलको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अघि बढाउने कार्यमा संलग्नहरुको नामावली संसदलाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । 

सत्तापक्षका सांसदहरुले आफ्ना पार्टीका अध्यक्ष केपी ओलीलाई पनि सो घटनामा मुछेको उल्लेख गर्दै नेता रावलले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई अमेरिकी राजदूतलाई पत्र पठाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, सो प्रक्रियालाई अघि बढाउन निर्देशन दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल कसले राष्ट्रघात गरेका हुन् त्यसबारे संसदलाई जानकारी गराउन प्रधानमन्त्री देउवासँग उनले माग गरे । 

संसद र संसदीय समितिलाई यथार्थ जानकारी यसअघि नदिएर प्रधानमन्त्री देउवाले पनि संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गरेको उनको आरोप छ । मन्त्रिपरिषद बैठकबाट सो प्रोग्राम अघि नबढाउने निर्णय गरेकोमा भने नेता रावलले सरकारलाई धन्यवाद दिए । 

खासगरी आफ्नो पार्टी एमालेले दबाब दिएपछि सरकार सो प्रोग्राम अघि नबढाउन बाध्य भएको उनको जिकिर थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता रावलले परराष्ट्र नीति नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखेर अघि बढाउन पनि सरकारलाई सचेत गराए । 





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १८:३८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया