स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हाे, आयोगले दर्ता गर्नु हुँदैन : सूर्य थापा
फाइल तस्वीर

नेकपा एमालेका नेता सूर्य थापाले पूर्वसञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने बताएका छन् ।

मंगलबार लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै नेता थापाले आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्न नहुने बताएका हुन् ।

व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेकाे अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हुने उनको तर्क छ । उनले स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्याेल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खाेज्छ भने आयोगले त्यस्ता पार्टीलाई दर्ता गर्न नहुने धारणा राखेका हुन् ।

'कानुनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हाे। व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेकाे अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हाे। स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्याेल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खाेज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन,' उनले भनेका छन्, 'सन्दर्भ - राष्ट्रिय स्वतन्त्र पार्टीकाे घाेषणा ।'





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार १९:२४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया