जिल्ला समन्वय समिति हुम्लाको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

जिल्ला समन्वय समिति हुम्लाको प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का शिवराज शर्मासहितको टोली निर्विरोध निर्वाचित भएको छ ।

आजका लागि तोकिएको निर्वाचनका लागि नेकपा एमालेलगायतका अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।

निर्विरोध निर्वाचितले आजै पद तथा गोपनियताको शपथ समेत लिएका छन् । जिल्ला समन्वय समिति हुम्लाको प्रमुख, उपप्रमुखलगायत सबै सात पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्विरोध निर्वाचित नेकपा एकीकृत समाजवादीका शिवराज शर्मा, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलु फडेरा रहेका छन् ।

त्यसैगरी, सदस्यहरुमा नेपाली कांग्रेसबाट सरिता रावत, दीप भण्डारी, कर्णबहादुर शाही र धिरबहादुर सिंह निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट चुदी जाङ्मुु तामाङ,  कर्ण दमाईलगायत विजयी भएका छन् ।  यसअघि जिसस पदाधिकारीको निर्वाचनका लागि तीनदलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : असार ७, २०७९ मंगलबार २१:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया