रुसी गोलाबारीमा युक्रेनको खार्किभमा बालकसहित १५ जनाको मृत्यु

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् ।

उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ ।  आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । ‘रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको १६ जना घाइते भएका छन्’ सिनेगुबोभले भने । चारवटा अलगअलग स्थानमा भएका घटनामा उनीहरूको मृत्यु भएको हो । 

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्य भएको थियो । हमलामा चार जना घाइते भएका थिए । 

त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।  





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ६:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया