आज यी चार प्रदेशमा छ वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायु को सामान्य प्रभाव रहेको र अन्य भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ।

अहिले  कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकीका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली  तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 शुक्रबार भने देशभर आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा र बाकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन तथा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ७:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया