भारतीय जनता पार्टी (भाजपा) ले आदिवासी नेत्री द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय भएको जनाएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्विट गरेर यस विषयको जानकारी दिएका छन् । मुर्मु झारखण्डको पूर्वराज्यपाल हुन् । चुनाव जितेमा उनी भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नेछिन् ।
आदिवासी नेतृ मुर्मुको प्रतिस्पर्धा विपक्षीको तर्फबाट उम्मेदवार बनेका यशवंत सिन्हासँग हुने छ । हाल भारतमा रामनाथ कोविन्द राष्ट्रपति छन् । उनको कार्यकाल आगामी २४ जुलाईमा सकिँदै छ ।
संवैधानिक व्यवस्थाअनुसार कार्यकाल सकिनुअगावै नयाँ राष्ट्रपति चुन्नुपर्ने भएकाले भारतको चुनाव आयोगले आगामी १८ जुलाईमा राष्ट्रपतिको चुनाव गराउने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।