आज केही नदी तथा खोलामा बहाव बढ्ने भएको छ । सक्ने जल तथा मौसम विज्ञान विभागका अनुसार पानी परिरहेकाले संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीमा बहाव बढ्ने भएको हो ।
केही नदीमा आकस्मिक बहावसमेत हुनसक्ने भएकाले उक्त जिल्ला भएर बहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको अनुरोध छ । आज आज देशका प्रमुख नदीहरूमा भने बहाव सतर्कता तहभन्दा तलै रहने विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।