लोनमा इन्टर मिलान फर्किँदै लुकाकु

इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ । इन्टरले उनलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो ।

इन्टरले ८ मिलियन युरोमा लुकाकुलाई लोनमा अनुबन्ध गर्न लागेको बिबिसीले जनाएको छ । लुकाकु गत वर्ष इन्टरबाटै क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सी फर्किएका थिए । उनी र चेल्सीबीच पाँच वर्षको सम्झौता भएको थियो ।

सन् १०१४ मा चेल्सी छाडेका लुकाकु एभर्टन, म्यानचेस्टर युनाइटेड हुँदै सन् २०१९ मा इन्टर मिलान पुगेका थिए । उनले यो सिजनमा चेल्सीका लागि २६ प्रिमियर लिग खेलमा ८ गोल गरे । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ९:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया