गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराले गरे तोडफोड

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरेका हुन् ।

मंगलबार दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको निर्णयमा असहमति जनाउँदै तोडफोडमा उत्रिएका हुन् ।  

गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको थियो । बजेट निर्माण लगायत, विभिन्न समिति बनाउने विषयमा दिनभर छलफल भएको थियो । 

नेपाली कांग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाभित्रका विभिन्न समितिहरूको जिम्मेवारी दिने तयारी गरेका थिए । तर, छोरा भने त्यसरी जिम्मेवारी दिन नहुने भन्दै बाबुविरुद्ध उत्रिएका हुन् । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ११:३६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया