ओलीले नियुक्त गरेका ५२ संवैधानिक निकायका पदाधिकारीविरुद्धको रिटको सुनुवाइ हुँदै

अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ बुधबारदेखि संवैधानिक इजलासमा सुरु हुँदैछ।

संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका ५२ पदाधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि सुरू हुन लागेको हो।

रिटको सुनुवाइका लागि कामु प्रधानन्यायाधी दीपककुमार कार्कीले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा रहेको इजलास गठन गरेका छन्।

ओलीले अध्यादेशमार्फत २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १२:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया