स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु भेटियो

हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।

खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीयले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने, तर शंकास्पद वस्तु रहेको जनाएको छ । 

नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । सशस्त्र माओवादी युद्धको बेला राखिएको पाइप बम हुन सक्ने स्थानीयवासीको आशंका छ ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १२:३९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया