अध्यक्षका छोराले तोडफोड गरे ग्रामथान गाउँपालिकाको गाडी

गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । 

सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए । ज्योतिले गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड गरेका हुन् । 

अध्यक्ष गच्छदारले विपक्षी नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिलाई पनि केही समितिमा समेटेर लान खोजेपछि असहमति जनाउँदै उनका छोराले गाडी तोडफोड गरेका हुन् । 

अध्यक्ष गच्छदारले छोराले नै गाडीको सिसा फुटाएको स्वीकार गरेका छन् । उनले आफ्नै छोरा भए पनि गाडी फुटाएको विषयमा कारबाही गर्ने बताए । 

‘मैले सबैलाई समान व्यवहार गर्नुपर्छ । मेरा लागि सबै बराबर हुन्,’ उनले भने, ‘यो विषयमा कारबाही हुन्छ ।’





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १७:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया