सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय भएको बताए ।
उनले प्रक्रिया पूरा गरेर नागरिकता विधेयक सांसदमा पेस हुने पनि बताए । 'प्रधानमन्त्रीले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गर्नुभयो । अहिले हाम्रो समाजमा बुवा-आमा नागरिक तर उनका सन्तानहरू नागरिकताविहीन भइरहेको अवस्था छ । यसलाई अन्त्य गर्नका निमित्त अग्रसरता लिने आज निर्णय भएको छ,' उनले भने ।
त्यस्तै, शान्ति प्रक्रियालाई पनि चाँडै निष्कर्षमा पुर्याउनेबारे छलफल भएको उनले बताए । 'शान्ति प्रक्रियालाई चाँडै नै एउटा निष्कर्षमा पुर्याउनका निमित्त छलफल भएको छ । त्यसमा कानुनमन्त्रीले शान्ति प्रक्रियाका बारेमा अहिलेसम्म भएका विवरणबारे यो बैठकमा प्रतिवेदन समीक्षाका साथ प्रस्तुत गर्नुभएको छ,' उनले भने ।
उनले सरकारका पुनर्गठनका विषय भने छलफल नभएको बताए । उनले महँगी कसरी नियन्त्रण गर्न सकिन्छ भने पनि छलफल भएको बताए । उनले यसबारेमा सम्बन्धित मन्त्रालयसँग छलफल गरेर निष्कर्ष निकालिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।