रातो किताबको विषयलाई लिएर सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ । सरकारले प्रदेशसभा सदस्यहरूको हातमा ढिला गरी वार्षिक पुस्तिका पुगाएको भन्दै बुधबारको बैठक स्थगित भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रम पुस्तिका रातो किताबमा थुप्रै त्रुटि र आर्थिक सुशासन विपरितका गतिविधि देखिएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले असन्तुष्टि जनाएका हुन् ।

प्रदेशसभा सदस्यहरूले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार १ असारमा आगामी आर्थिक वर्षको बजेट पेश गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबारदेखि अघि बढाउने तयारी गरेको थियो । पुस्तिकाका त्रुटीहरू नसच्चिएसम्म बैठक अघि बढ्न नदिने चेतावनी दिएका छन् । प्रदेशसभाको अर्को बैठक १२ असारको बुधबार बस्ने प्रदेशसभाले जनाएको छ ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १८:५०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया