एन्फा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले लिए शपथ

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमिति पदाधिकारीले शपथ लिएका छन् ।

एन्फा कम्प्लेक्समा नवनिर्वाचित कार्यसमिति पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

एन्फाको निर्वाचन समितिले नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीलाई शपथ खुवाएको थियो । 

शपथ ग्रहणपछि अध्यक्ष नेम्वाङ लगायतका पदाधिकारीले कार्यभार सम्हाल्नेका छन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।  



यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का तथा उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराट जंग शाही र दीर्घबहादुर केसी निर्वाचित भएका थिए ।

नवनिर्वाचित कमिटीको महिला सदस्यमा सरिला श्रेष्ठ र पेमा डोल्मा लामा तथा  सदस्यमा मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकास नारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोतम थापा,रमेश व्यञ्जनकार, मनिराज विष्ट, टीकाराम लामा, भरत बुढाथापा छन् ।



बाँकी दुई सदस्य भने आगामी एन्फा महाधिवेशनले तय गर्नेछ । 

दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले बराबर मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझावअनुसार आगामी एन्फा महाधिवेशनबाट दुई सदस्य तय गरिने एन्फाले जनाएको छ ।

त्यस्तै, महासचिव र कोषाध्यक्ष भने मनोनित हुनेछन् ।

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १९:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया