सुर्खेत जिप दुर्घटना : इन्जिनियर बुढाथोकीको मृत्यु
फरकधार / ८ असार, २०७९

सुर्खेतस्थित मौसमी राडार मर्मत गरी वीरेन्द्रनगरतर्फ फर्किएको प्राविधिकको टोली दुर्घटनामा परेको छ । 



वीरेन्द्रनगर–१४ स्थित रातानाङ्गामा रहेको मौसमी राडारको मर्मत सकेर वीरेन्द्रनगर बजारतर्फ फर्किँदै गरेका प्राविधिक चढेको गाडी कपासे क्षेत्र नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गाडीमा सवार एक जनाको मृत्यु भएको छ । जल तथा मौसम विज्ञान कार्यालय, बाँकेको बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए ।



मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका घर भइ हाल जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा कार्यरत इन्जिनियर धर्म बुढाथोकी रहेको जल तथा मौसम विज्ञान कार्यालयका विनोद पराजुलीले पुष्टी गरेका छन् ।



दुर्घटनामा इन्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, सवारी चालक कोहलपुरका बाबुराम गुरुङ र असराघाटमा रहेको बाढी मापन केन्द्रमा कार्यरत कर्मचारीको श्रीमती घाइते छन् । उनीहरुको अवस्था सामान्य रहेको पराजुलीले बताए ।

अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको वहाव मापन केन्द्रको अवस्था बुझेर रातानाङ्गालामा रहेको मौसमी राडारको पनि अनुगमन गरेर फर्किंदै गर्दा प्राविधिक सहित चढेको गाडी दुर्घटनामा परेको हो ।

  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १९:३९:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया