सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु
फरकधार / ८ असार, २०७९

विराटनगरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगर–१२ स्थित बखरीमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको हो । 



मृत्यु हुनेमा स्थानीय ३३ वर्षीया सुनिता चौधरी माझी रहेकी छन् । मृतक चौधरीका पति शिवचरणले चलाउने को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार १९:४४:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया