बैतडीको दोगडाकेदार गाउँपालिका विभिन्न वडाका नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्तिमा असहज भइरहेको भन्दै नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले यो समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।
बैंकमार्फत सामाजिक सुरक्षाभत्ता निकासा भइरहेकाले वडावडामा सामाजिक सुरक्षाभत्ता वितरण गर्ने व्यवस्था मिलाउन उनले ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालयसँग आग्रह गरेका हुन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसँग भेट गरेर स्थानीय नागरिकले सामाजिक सुरक्षाभत्ता बुझ्दा भइरहेको असहजताका बारेमा जानकारी गराएको जिल्ला सचिव जोशीले बताए ।
बैंकको केन्द्रीय कार्यालय काठमाडौंमै पुगेर सामाजिक सुरक्षाभत्ता बुझ्ने नागरिकका समस्या सुनाएको उनले बताए ।
जवाफमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको स्थानीय शाखासँग समन्वय गरेर नागरिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय चुनावको बेला आफूले नागरिकसामू सामाजिक सुरक्षाभत्ता प्राप्तिमा सहजता ल्याउने प्रतिबद्धता व्यक्त गरेको र चुनावमा पराजय भोगे पनि नागरिकका समस्या समाधानमा आफू लागि परेको सचिव जोशीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।