एमालेमै फर्किने प्रेम आलेको तयारी
फाइल तस्वीर ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले फेरि नेकपा एमालेमा नै फर्किने तयारीमा लागेका छन् । उनले यसका लागि एमालेका शीर्ष नेताहरुसँग संवाद अगाडि बढाएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका आलेलाई पार्टीले फिर्ता बोलाइसकेको छ । आफू मन्त्रीबाट फर्किनु पर्ने भए पछि आले फेरि एमालेमा फर्किने तयारीमा लागेका हुन् ।

यसका लागि उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुर्याइसकेका छन् । एमालेका एक नेताले दिएको जानकारीअनुसार पछिल्लो समय आले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग निरन्तर वार्तामा छन् ।

२८ असारमा नेकपा एमालेमा हुँदाहुँदै आलेले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । त्यसपछि उनी माधवकुमार नेपालले एमालेबाट छुट्एिर खोलेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनी नेपालभन्दा पनि बढी प्रधानमन्त्री देउवासँग नै निकट भएको चर्चा बारम्बार चल्ने पनि गरेको छ ।

आलेले आफूसँगै थप केही सांसदलाई पनि नेकपा एकीकृत समाजवादीबाट छुटाएर एमालेमा प्रवेश गराउने तयारीमा लागेको एमालेका ती नेताले बताए ।





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार २०:२५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया