बालेनले पेस गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित

आर्थिक वर्ष २०७९/०८० का लागि काठमाडौं महानगरको वार्षिक नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत स्वीकृत भएको छ ।

प्रमुख बालेन्द्र शाह (बालेन) ले अधिवेशनको पहिलो बैठकमा पेस गरेको नीति तथा कार्यक्रम आज बसेको सभाले सर्वसम्मत स्वीकृत गरेको हो । 

प्रमुख शाहको अध्यक्षतामा सभा सञ्चालन भएको थियो । उनले पहिलो बैठकमा ४१ बुँदामा आव २०७८/०७९ को वार्षिक समीक्षा गर्दै १६३ बुँदामा क्षेत्रगत नीति कार्यक्रम पेश गरेका थिए ।

सभामा पेश भएका नीति तथा कार्यक्रमका बारेमा वडा ३२ का अध्यक्ष नवराज पराजुली, वडा २३ का अध्यक्ष मचाराजा महर्जन, कार्यपालिका सदस्य मैयाँलक्ष्मी महर्जनसहित ११ जना नगर सभा सदस्यले धारणा तथा सुझाव राखेका थिए । 





  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार २०:४४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया