\
आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेश, बागमती र गण्डकीका केही स्थान तथा कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।
प्रदेश–१ का एक/दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश–१, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
शुक्रबार दिउँसो प्रदेश–१ को एक/दुई स्थानमा तथा राति प्रदेश–१ सहित गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
शनिबार प्रदेश–१, बागमती र लुम्बिनीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।